ओलीको प्रश्न– गिरीबन्धु मेरो अशिंयार हो कि भाई भजिता हो ?

सेयर गर्नुहोस्

दमक, ९ भदौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरि बन्धु टि स्टेटका नाममा ७० बिगाह जग्गा माफियाले बेचेको बताएका छन् । उनले कानुन नै नबनाइ दुइ पटक सट्टा भर्नाका नाममा दुई पटक गरेर बसपार्क भएको क्षेत्र माफियाले हत्याएको बताए ।
झापाको दमकमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले भने, एक पटक १९ बिगाह र एक पटक ५१ बिगाह जग्गा कमिसन खाएर गरिएको बारोबार हो । अध्यक्ष ओलीले देश बनाउने उद्देश्यले लिएर हिडेको बताउदै उनले भने–श्रीमतिको कानमा झुम्के बुलाकी हाल्ने उद्देश्य हैन, देश बनाउने उद्देश्य, राज्य, सार्वजानिक र जनताको सम्पत्ती अनाधिकृत र गलत ढंगले आफ्नो हिस्सामा ल्याउनुहुदैन । ओलीले आफू प्रधानमन्त्री हुँदा गिरि बन्धु टि स्टेटले निवेदन ल्यएको बताउदै भने,– चियाको उमेर ६० वर्षको हुने र त्यहाँ लगाइएको चियाले थप उत्पादन नहुने भएकोले सम्पत्तिको प्रयोग गरि पाउँ भनि निवेदन आएको थियो ।
टि स्टेटका उद्योगीले अन्यत्र उद्योग सार्ने र राजमार्ग सँग जोडिएको जग्गा प्लानिङ गर्ने उद्देश्यले निवेदन गरेको बताउदै ओलीले भने– उनीहरुकै सम्पत्तिको म अशिंयार हो ? आफै प्रयोग गर्न नपाउने ? के म भाइभजिता हो ? मेरो अंश खै भन्नलाई । ओलीले कानुन बनाएर अघि बढेको र कानुन २०७८ साल बैशाख १३ गतेको मन्त्रीपरिषद् बैठकले विधि र नियम पुरा गरेर मात्रै काम गर्ने गरि अघि बढाएको बताए ।