झापा, १२ भदौ
झपाको कमल गाउँपालिकाको पाडाजुगीँ गौरीगञ्ज सडक खण्ड निर्माणको अलपत्र काम शुरु गर्न गाउँपालिकाले माग गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर थप सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन माग गरेका हुन् । उनले दही चौक सम्म सडक फराकिलो पार्नका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न माग गरेका हुन् ।
पूर्व न्युज सँग कुरा गर्दै अध्यक्ष राईले अहिले सम्म भत्काइएको ठाउँ सम्मको सडक निर्माण गर्नका लागि थप ५ करोड ३० लाख रुपैयाँ बजेट माग गरिएको जानकारी दिए । उनले भने– अर्थ मन्त्रीले सकारात्मक संकेत दिनुभएको छ, सडक अहिले भत्काएकै ठाउँ सम्म ४ लेनको बनाइने छ ।
अध्यक्ष राईका अनुसार सडकको चौडाइ बढेसँगै सवारी आवागमन समेत सहज हुने छ । यस अघि पनि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपाने तिवारी सहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग सडक निर्माणमा भएको समस्याका बिषयमा जानकारी गराएका थिए । कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईका अनुसार सडक निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरिदिन माग गरिएको छ । अध्यक्ष ओलीले सडक निर्माणको काम अघि बढाउनका लागि पहल गर्ने आवश्वासन दिएका छन् ।
सेयर गर्नुहोस्
१२ भाद्र २०८०, मंगलवार १८:१८