संयुक्त कलाकर्मीको साधारणसभा शुरु

सेयर गर्नुहोस्

झापा, पुस १५
संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकको ८ औ साधारणसभा शुरु भएको छ । मंगलबारदेखि शुरु साधारणसभा पुस १७ सम्म चल्ने छ । साधारणसभाको संस्थाका अध्यक्ष जर्नादन मैनालीले उद्घाटन गरे । सामाजिक दुरी कायम राख्दै संस्थाले सदस्यहरुलाई कार्यालयमै उपस्थित भएर प्रतिवेदन बुझ्न आग्रह गरेको छ । प्रतिवेदनमा प्राप्त सुझावलाई समेटेर पुस १७ गते साधारणसभा समापन गरिने संस्थाका सचिव कुलबहादुर बस्नेत(रवी)ले जानकारी दिए ।
संस्थामा ८७० जना शेयर सदस्य र ४ करोड रुपैयाँको वासलात रहेको व्यवस्थापक नविन भट्टराईले जानकारी दिए । संस्थाले कार्यक्षेत्र विस्तार गर्दै उर्लाबारी, गौरादह लगायतका स्थानमा सेवा केन्द्र सञ्चालनको तयारी गरेको छ । साधारणसभाले सहकारीको नाम परिवर्तन गरि भृकुटी बचत तथा ऋण सहकारी संस्था बनाउने निर्णय समेत गरेको छ ।