हात्ती प्रभावित क्षेत्रमा एक सय वटा सडक वत्ती वितरण

सेयर गर्नुहोस्

कमल, ७ बैशाख
झापाको कमल गाउँपालिकाको उत्तरी हात्ती प्रभावित क्षेत्रमा वडा कार्यालयले लागि एक सय थान सडक बत्ती वितरण गरेको छ । ५ ननम्बर वडा कार्यालयले हात्तीबाट हुने सम्भावित जोखिम न्युनिकरणका लागि गुहेश्वरी टोल विकास संस्थासहित संस्थालाई एक सय थान सडक बत्ती उपलव्ध गराएको वडाअध्यक्ष एलवी विष्टले जानकारी दिए ।
उनका अनुसार वडाको उत्तरी जंगल नजिकका सिम्ले,क्याम्पा,टुक्रे लगायतका बस्ती हात्ती प्रभावित मानिन्छ । महिना दिनअघि मात्र एक जना महिलाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको थियो । त्यस बस्तीमा हात्तीले जनधनको ठुलो क्षति गर्देआएको छ ।
हात्तीले बस्तीमा दिनहुँजसो प्रभावित बनाउदै गएकाले रातपख हुने हात्तीको उपद्रो नियन्त्रण गर्न ती सडकबत्तीहरु प्रदान गरिएको वडाअध्यक्ष विष्टले बताए । ती सडकबत्तीहरु वडाको ३ लाख रुपैयाँवजेटबाट खरिद गरिएको हो । यसैगरि, वडा कार्यालयले दलित समुदायलाई आफनो परम्परागत पेशालाई टेवा पुरयाउन उद्देश्यले २६ थान ग्राईन्डर औजार समेत बितरण गरिएको थियो ।