प्रदेशमा १ः ४७० पीसीआर गर्दा १३५ पोजेटिभ

सेयर गर्नुहोस्

झापा, मंसीर ६
प्रदेश १ मा १३५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा ४७० जनाको पीसीआर परीक्षण गर्दा ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।

झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २, इनरुवा, बराहक्षेत्र, गढी र रामधुनीमा १–१, इलामको इलाम नगरपालिकामा २, माईजोगमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ ।