मेचीनगरका संक्रमितको धरानमा मृत्यु

सेयर गर्नुहोस्

झापा, मंसिर ७: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार झापाको बाहुनडाँगी ४ मेचीनगरका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जानकारी दिएको छ । मृतकलाई मंसिर १ गते कोभिड १९ पुष्टि भएको थियो भने ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि सुचना केन्द्रले जनाएको छ ।