विराटनगरमा एक संक्रमित महिलाकाे मृत्यु

सेयर गर्नुहोस्

विराटनगर, भदाै २६
माेरङकाे कोशी कोभिड अस्पतालमा बिहिवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोशी कोभिड अस्पतालका प्रमुख डा.दीपक सिग्देलका अनुसार उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको साँझ ७:१० बजे उपचारको क्रममा मृत्यु भएको हो।

श्वाशप्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ मिलनचोककी ती महिलालाई बिहीवार नै कोसी अस्पतालको आइसोलेसनबाट कोभिड रेफर गरिएको थियो । अस्पतालका अनुसार महिलामा विगत ५ दिनदेखि ज्वरो थियाे ।

उनको शरीरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो । यो निकै कम हो । योसँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । विराटनगरमा कोरोनाको कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।