दमकमा १०६ बर्षीय बृद्धसहित थप ९ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
  • 75
    Shares

दमक/झापाको दमकमा आज १०६ बर्षीय एक बृद्धसहित थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएकामा ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्ध सम्म रहेका नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले जानकारी दिए ।
आज थपिएकामा ३ पुरुष र ६ महिला छन् । आज थपिएकाहरु द्यमक २, ७ र ९ का हुन । हिजो एक जनामा संक्रमण देखिएको थियो । यससंगै दमकमा कोरोना संक्रमितको  संख्या १२९ पुगेको जनाइएको छ ।