दमक खानेपानीको अध्यक्षमा रवि केसी

सेयर गर्नुहोस्

दमक, ५ बैशाख
दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रवि केसी न्यौपाने चयन भएका छन् । उनको मात्रै एकल उम्मेद्वारी परेपछी निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित केसी कांग्रेसका प्रदेश क्षेत्रीय सभापति हुन् । चैत २३ गते सम्पन्न निर्वाचन पछी निर्वाचित सदस्यहरु विचबाट पदाधिकारी चयन गरिएको हो । समितिको उपाध्यक्षमा कुमार निरौला, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा दिलु सुब्बा र कोषाध्यक्षमा विक्रम अधिकारी चयन भएका छन् । उनीहरु सबै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यज्ञराज निरौलाले जानकारी दिए । पदाधिकारी निर्वाचितहरु कांग्रेस र राप्रपाको चुनावी तालमेलबाट निर्वाचित सदस्य हुन् ।