गौरादह पोखरी पुर्ननिर्माण शुरु

सेयर गर्नुहोस्

झापा, ४ बैशाख
गौरादह नगरपालिका रहेको ऐतिहासिक पोखरीलाई पर्यटकिय केन्द्र बनाउन थालिएको छ । त्यसका लागि पुर्ननिर्माणको काम भइरहेको छ ।
प्रदेश सरकारको पर्यटन विकास योजना मार्फत झण्डै ४ करोड रुपैयाँको काम भइरहेको हो । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार नगरकै पहिचान बोकेको १२ बिघा पाँच कठ्ठा क्षेत्रफलमा रहेका चार वटा प्राकृतिक पोखरीलाई संरक्षण र सम्बद्र्धन गर्दैै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको हो । सोही आधारमा प्रदेश सरकारले विनियोजन गरेको चार करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण सुरु भएको उनले बताए ।

उनका अनुसार चार वटा पोखरीलाई १३ फिट अग्ला दुई वटा पोखरी बनाइनेछ । पहिलो चरणमा पोखरीको सतह मिलाउने, पोखरीको वरिपरि ३३ फिट १० मिटर चौडाइको कच्ची बाटो निर्माण र ढुङ्गाको जाली लगाइने भण्डारीले जानकारी दिए । पाँच वर्षअघि तत्काल निर्माण गर्ने गरी पोखरीको डिपीआर तयार गरेको थियो । विसं २०७५ मा डिपीआर तयार गरेको पोखरीको पहिलो चरणको निर्माण प्रदेश सरकारको तीन करोड छ लाख रुपैयाँमा सम्झौता गरी डिजे निर्माण सेवाले काम सुरु गरेको छ ।

“पोखरीको निर्माण अब रोकिँदैन”, अध्यक्ष भण्डारीले भने, “हाम्रो नगरकै गौरवको योजनाभित्र यो प्राकृतिक पोखरी पर्छ । यसको निर्माण सम्पन्न गर्न करिब रु २० करोड लाग्ने अनुमान छ । पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थलसहितको फूलबारी निर्माण गर्ने, बोटिङ गर्ने, चिल्ड्रेन पार्क, जातीय सङ्ग्रहालयलगायतका संरचना तयारी गर्ने गरी गुरुयोजना तयार गरिएको उनको भनाइ छ । यसअघि पोखरीको जग्गा अतिक्रमण हुनबाट जोगाउन तीन चरणमा घेराबारा गर्ने काम गरिएको थियो । यो काम असार १५ भित्र सक्ने तयारी छ ।