एकैदिन वीपीमा ३ संक्रमितको मृत्युु

सेयर गर्नुहोस्

धरान,कार्तिक २०: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना प्रदेश २ सप्तरीका छन् भने एक जना मोरङ जिल्लाका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मोरङका ५९ बर्षीय पुरुषको बिहानै ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मुटुका रोगी पनि थिए । उनलाई कार्तिक ९ गते कोभिड पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, राजविराज १ सप्तरीका २३ बर्षीया युवतीको पनि आज बिहान सवा ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको छ । उनलाई पनि एनेमिया, पेन्टोफेनियालगायत थुप्रै किसिमका दीर्घ रोग भएको प्रतिष्ठानले जनाएको छ । कार्तिक १८ गते कोभिड पुष्टि भएकी उनलाई १९ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यसैगरि, सप्तरीको राजविराज ८ का ६५ बर्षीय पुरुषको पनि आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कार्तिक १५ गते कोभिड पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । तीनै जना मृतकहरुको शवलाई नियम अनुसार व्यवस्थानको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।