दमकमा एकै दिन ४८ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्

दमकमा आज एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दमकमा २१ महिला र २७ पुरुषमा एकैसाथ संक्रमण पुष्टि भएको हो । आज थपिएका नया संक्रमितहरुमा ५ बर्षका बालकदेखि ७३ बर्षका बृद्ध समेत छन ।
दमकमा थपिएको यो संख्या संगै जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर कूल ११९ जना नया संक्रमित थपिएका छन । कोरोनाका कारण दमकमा २० सहित जिल्लाभर कूल ५७ जनाको मृत्यु भएको छ । आज मात्रै विर्तामोडमा एक महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा संक्रमण उच्च भएपनि प्रशासनद्धारा जारी गरिएको आशिंक किसिमको निषेधाज्ञाको कार्यान्वयन पनि आशिंक मात्रै भएको पाईएको छ । मानिसहरु चोक बजारमा भेला हुने र भिडभाड गर्ने क्रम रोकिएको छैन ।