आज रातिदेखि पानी पर्ने

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन २०

आज राति देशका केही स्थानमा भारी वर्षा हुने मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसम प्रणालीमा परेकाले वर्षा हुने भएको हो ।

आज राति देशभरिको मौसम सामान्य बदली भई प्रदेश–१, प्रदेश–२ र बाग्मती प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । राति पूर्वबाट ठुलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा भोलि प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

आज दिउँसो भने देशभरको मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उनले बताएकी छन् । अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । झापासहित पूर्वका जिल्ला अत्यधिक गर्मी छ । केही ठाउँको मौसम बदली भएको छ ।