झापामा कोरोना भाइरसको संक्रमणको दर ३२ प्रतिशत भन्दा बढि

सेयर गर्नुहोस्

झापा – झापामा कोरोना भाइरसको संक्रमणको दर ३२ प्रतिशत भन्दा बढि पाइएको छ। गएकाे साउन १४ गते संक्रमणको दर ४१.८ प्रतिशत रहेको थियो।सोमबार साउन १८ गते झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।पीसीआर र एन्टिजेन गरि ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो।सोमबारको संक्रमणदर ३४.३ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाद्वारा जारी तथ्यांकमा उल्लेख छ।त्यस्तै साउन १७ गते जम्मा ५६४ परीक्षण भएकोमा २१७ जनामा संक्रमण पुष्टि भएको थियो। जुन ३८.४ प्रतिशत हुन जान्छ।साउन १६ गते ४१३ जनाको कोरोना परीक्षण गरिएको थियो। उक्त दिन १४४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो दिनको संक्रमणको प्रतिशत ३४.८ थियो।साउन १५ गतेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार ६५९ जनाको नमूना परीक्षण गर्दा २१७ जनामा संक्रमण देखियो। त्यो दिनको संक्रमणको प्रतिशत ३२.९ थियो।कार्यालयका अनुसार साउन १४ गते ७०९ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यो दिन २९७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो दिनको संक्रमणको प्रतिशत ४१.८ थियो।साउन १३ गते १०१५ जनाको परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको थियो। उक्त दिनको संक्रमणदर ३२.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।