दमक, ७ असोज
दमक नगरपालिकाले इलाका प्रहरी कार्यालयको भवन पुननिर्माणका लागि सहयोगको आवहन गरेको छ । नगरपालिकाले एउटा सूचना जारी गर्दै भदौ २४ गतेको तोडफोड र आगजनीबाट क्षति भएको भवन मर्मत पछी सञ्चालन गरिने र त्यसका लागि सहयोगका लागि आग्रह गरेको हो ।
इन्जिनियरिङ एसोसियसनले आगलागीबाट जलेको भवन मर्मत पछी सञ्चालन गर्न सकिने प्रतिवेदन पेश गरेको थियो । पुरानै स्थानमा कार्यालय सञ्चालनका लागि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, दमकका डिएसपी रामप्रसाद तिम्सीना, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी रहेको समिति गठन गरिएको छ । समितिले सहयोग जुटाउने छ ।
दमक नगरपालिकाले प्रहरीलाई पुरानै अवस्थामा फर्काउनका लागि सहयोगका लागि सबै पक्ष सँग अपिल समेत गरेको छ । इलाका प्रहरी कार्यालय दमक ८ को अर्गानिक सब्जी बजारमा अस्थायी रुपमा राखिएको छ । त्यहाँ भएको भवनमा प्रहरीलार्ई राखिएको छ ।