दमक र गौरादहमा रंगशाला बनाइने

झापा, २९ जेठ
सरकारले झापाको दमक नगरपालिका र गौरादह नगरपालिकामा रंगशाला बनाउने भएको छ । सरकारले पेश गरेको बजेटमा दमक र गौरादहमा रंगशाला निर्माणका लागि बजेट बिनियोजन समेत गरेको छ । दमक नगरपालिकामा होम एण्ड अबेका लागि ग्राउण्ड निर्माणका लागि ३ करोड रुपैयाँ बिनयोजन गरेको छ । यसमा फ्लड लाइट जडान गरिने छ । यो आयोजना सघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत कार्यान्वयन गरिने छ । यस्तै शिक्षा तथाा खेलकुद मन्त्रालयमार्फत दमकमा रंगशालाको सम्भाव्यता अध्ययनका लागि एक करोड रुपैयाँ रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै गौरादह नगरपालिकामा मन्त्रालय मार्फत रंंगशाला निर्माणका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top