गुजरातलाई हराउँदै बेंग्लुरू फाइनलमा

रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै बेंग्लुरू फाइनलमा पुगेको हो।

धर्मशालामा २५५ रनको फराकिलो लक्ष्य पछ्याएको गुजरातलाई बेंग्लुरूले १९.३ ओभरमा १६२ रन बनाउँदा अल आउट गरेको थियो।

त्यस क्रममा जेकब डफीले ३ विकेट लिए। भुवनेश्वर कुमार , रशिक सलाम र क्रुनाल पाण्ड्याले २/२ विकेट लिए। जोश हेजलउडले एक विकेट लिए।

गुजरातका राहुल टेवाटियाले सर्वाधिक ६८ रन बनाए। उनले ४३ बलमा ८ चौका र ४ छक्का हाने। जोश बट्लरले २९ र साइ सुदर्शनले १४ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाएनन्।

पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेटको क्षतिमा २५४ रन बनाएको थियो।

त्यस क्रममा कप्तान रजत पाटिदार ९३ रन बनाएर नट आउट रहे। उनले ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गरे।

विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३/४३ रन जोडे।

देवदत पाडिकलले ३०, वेंकटेश ऐयरले १९ र जितश शर्माले नट आउट १५ रनको योगदान गरे।

Ncell
बलिङतर्फ गुजरातका कगिशो रबाडा र जेसन होल्डरले २/२ विकेट लिँदा प्रशिद कृष्णले १ विकेट लिए।

जितसँगै बेंग्लुरू फाइनलमा पुगेको छ भने गुजरातले दोस्रो क्वालिफायर खेल्नेछ।

आइपिएलको इलिमिनेटरमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दैछन्।

विजेताले गुजरातसँग दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

खेल बुधबार बेलुकी ७:४५ बजे चन्डीगढमा हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top