एमाले झापाको नेतृत्व सर्वसम्मत हुदै, सचिवका उम्मेद्वारको उम्मेद्वारी निस्कृय

सेयर गर्नुहोस्

झापा, २० चैत
नेकपा एमाले झापाको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने भएको छ । ५ दिनदेखि जारी अधिवेशनले सहमतिका साथ नेतृत्व चयन गर्ने भएको हो ।
अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको एमाले झापामा सचिव पदमा भने दुई जनाको उम्मेद्वारी परेको थियो । गौरादहका तुलसी कार्की र दमकका बोधप्रसाद घिमिरेको उम्मेद्वारीलाई निस्क्रिय बनाउने सहमति पछी दुबै उम्मेद्वार पछी हटेका छन् ।
एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालका अनुसार सचिवका दुबै उम्मेद्वारले अध्यक्ष मण्डललाई उम्मेद्वारी फिर्ता गरेका छन् । अध्यक्ष मण्डलका अध्यक्ष बिशाल भट्टराईले दुबै उम्मेद्वारको फिर्ता पत्र बुझेका छन् । यस अघि अध्यक्षमा प्रेमबहादुर गिरि, उपाध्यक्षमा शिवकुमार ढुंगेल, उपसचिवमा असारु राजबंशी र अनिता कन्दङवा निर्विरोध भइसकेका छन् । चैत १५ गतेदेखि बिर्तामोडमा एघारौ अधिवेशन जारी छ । निर्वाचन कार्यतालिका संशोधन गर्दै सहमतिको प्रयास गरिएको हो ।