गौरादहका मेयर भन्छन्- हिक्मत कार्कीले जिम्मेवारीको दुरुपयोग गरे (भिडियाे)

सेयर गर्नुहोस्
  • लागत स्टिमेटकाे दाेब्बर रकम बजेटमा राखे
  • घर नजिकैकाे बाटाेमा मात्रै बजेट,आवश्यकताको आधारमा गरिएन
  • एउटै नामबाट २ वटा याेजनामा रकम

गौरादह, २५ साउन
निर्वाचन क्षेत्रको विकासमा काम गर्न नसकेको भनेर आलोचित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गृह नगरमै काम गर्न नसकेको आरोप लागेकोे छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले कार्की पूर्वाग्राही भएको आरोप लगाए । पूर्वमुख्यमन्त्री कार्कीेले जिम्मेवारीको दुरुपयोग गरेर लागत अनुमानको दोब्बर रकम केही योजनामा हालेका छन् ।
पूर्व न्युज सँगको कुराकानीमा सुवेदीले अघिल्लो आर्थिक वर्षमा संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेका र ठेक्का लागेका ८ वटा मध्ये ४ वटा सडकको नाम नै हटाइएको बताएका छन् । ४ वटा सडकका लागि मात्रै नगन्य रकम बिनियोजन गरिएको बताउदै उनले भने– खरेलडाँडा गौरीगञ्ज सडकलाई २ करोड ७० लाख बिनियोजन भएको छ । याे सडक कार्कीकै वडा हुदै जान्छ । नगर प्रमुख सुवेदीका अनुसार गुराँस चौक चप्रामारी झुनावारी सडक, सितापुरी, रंगपुर स्कूलचौन सडकमा पटक पटक धाउदा समेत नराखेको बताए । सबै भन्दा बढी सार्वजानिक सवारीका साधन गुड्ने सितापुरी रंगपुर स्कूलचौन सडक प्रदेश सरकारले प्राथमिकतामा राखेन, सुवेदीले भने– चियादोकान सेतुमारी चैतु चौक सडक, गौरादह शनिश्चरे सडक अहिले प्रस्तावित बजेटमा छैन्, बहुबर्षे कार्यक्रममा राख्न मुख्यमन्त्रीलाई अनुरोध गरेका थियौ, सुनुवाइ हुन सकेन । यस अघि यी सडक संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । तर यस पटक कार्यक्रम पुस्तिकामा सडक नभेटिएको सुवेदीले बताए ।

तत्कालीन मुख्यमन्त्री कार्कीे सँग गौरादह नगरपालिकाले थप ३ वटा सडक माग गरेकोमा कुनै पनि कार्यक्रम नराखिदिएको उनले बताए । तर कार्कीले कुनै कुनै योजनामा भने लागत अनुमान भन्दा बढी बजेट छुट्याएका छन् । गौरादह १ को लालपैनी पुल ५० लाखको अनुमान भएको पुलमा १ करोड रुपैयाँ बिनियोजन गरिदिएको सुवेदीले बताए । सुवेदीले भने– गेउरिया खोला गौरादह ३ र ४ जोड्ने एक करोड प्रस्ताव गरेको ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ, बजेट बिनियोजन नगरपालिकाको सिफारिस र आवश्यकताको आधारमा गरिएको छैन् ।
कार्की सोही क्षेत्रबाट प्रदेश सभामा र सुवेदी नगर प्रमुखमा नेकपा एमालेबाटै निर्वाचित भएका हुन् ।