दमकमा थप ११ संक्रमित, निर्माण व्यवसायी र इन्जिनियर पनि

सेयर गर्नुहोस्

झापा, कार्तिक १: दमकमा थप ११ जनामा काेराेना संक्रमण देखिएको छ । प्रभु बैंकका २ जना कर्मचारी, एक जना सहकारीको कर्मचारी, एक जना निर्माण व्यवसायी, इन्जिनियर सहित छन् । संक्रमित २ महिला सहित ९ पुरुष हुन् । १८ देखि ८५ वर्षीय संक्रमित भेटिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । याे रिपोर्ट असाेज २०,२१ र २२ गते स्वाब परिक्षण गरिएकाे हाे । शनिबार ६० जनाको रिपोर्ट आएकाे थियोे ।