दमकमा २ संक्रमितको मृत्यु, एकको दाहसंस्कार पछी मात्रै रिर्पोट

सेयर गर्नुहोस्

झापा, कार्तिक १
झापामा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । एक जनाको दाहसंस्कार गरेपछी मात्रै रिर्पोट आएको छ । एक जनाको भने घरमै मृत्यु भएको हो ।
दमक ९ का एक ५५ बर्षिय विश्वकर्मा थरका पुरुषको भने नोबेलमा उपचार पछी मृत्यु भएको थियो । उनको बिहिवारै दाहसंस्कार गरेका थिए । तर शुक्रबार मात्रै उनको रिर्पोट पोजेटिभ आएको हो । यस्तै दमक ५ मा ढुंगाना थरका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहिवार स्वाब परिक्षणका लागि दिइएकोमा उनको शुक्रबार रिर्पोट आएको थियो । उनको हिजो बेलुका नै मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । अहिलेसम्म दमकमा मात्रै ५ जनाको मृत्यु भएको उनले बताए ।