मेचीनगरका नगरप्रमुखलाई कोराना संक्रमण

सेयर गर्नुहोस्

मेचीनगर, २८ असोज । मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण भएको छ ।

कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।