दमकमा थप २ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, कार्तिक ४
कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा साेमबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षिया बृद्धा र वडा नं ४ का ८२ वर्षिय बृद्धको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार बृद्धको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती संक्रमितलाई आइतवार उपचारका लागि बिर्तामोड ल्याइएको थियो ।
त्यस्तै दमक ५ की बृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले वताए । दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी ती बृद्धाको स्वास्थ्य अबस्था गंभीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ संभव नदेखिएपछि विराटनगर लैजादै गर्दा वाटैमा मृत्यु भएको थियो ।
दुवै संक्रमितको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८ पुगेको छ ।