झापा २ बाट घिमिरे र खरेलसहित नौ जनासिफारिस

झापा, २० पुस
नेकपा एमालेले झापा क्षेत्र नं. २ बाट नौ जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २ को बैठकले सभामुख देवराज घिमिरेसहित नौ जनाको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक बद्री भट्टराईले जानकारी दिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरुमा सभामुख देवराज घिमिरे, पूर्वमन्त्री अग्नी खरेलसहित नेताहरु अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्र प्रसाद ओली, एकराज कार्की, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरी, महिला नेतृ पवित्रा पाठक र राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सचिव पर्वतराज भण्डारीको नाम सिफारिस गरिएको हो । युवाहरुबाट भण्डारीको नाम सिफारिस भएको हो । १३ जना आकांक्षीहरुमध्ये ४ जनाले नाम फिर्ता लिएका हुन् ।

क्षेत्रीय समन्वय कमिटीले पार्टी जिल्ला कमिटीलाई नाम सिफारिस गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार जिल्लाको बैठकले प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने छ भने प्रदेशले केन्द्रलाई अन्तिम नाम सिफारिस गर्नेछ ।
जिल्लामा क्षेत्र नं. २ को नाम सिफारिस भएसँगै एमालेले पाँचै निर्वाचन क्षेत्रबाट नाम सिफारिसको काम सम्पन्न गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top