गौरादहमा गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा, २ महिनामा ५८ जना लाभान्वित

गौरादह, ७ असोज
झापाको गौरादह नगरपालिकाबाट चालु आर्थिक वर्षको २ महिनामा ५८ जना गर्भवति महिलाहरुले निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन् । नगरपालिकाले गर्भवती महिलाहलाई बिभिन्न अस्पताल र नगर अस्पताल सम्म पुग्नका लागि निशुल्क सेवा लिएका थिए । साउन र भदौ महिनामा महिलाहरुले सेवा पाएका हुन् ।
गौरादहका सबै वडाका महिलाहरुले सुत्केरी सेवा लिनका लागि आम्दा अस्पताल, गौरादह नगरअस्पताल, बिर्तामोड सम्मका अस्पताल पुगेका थिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले मातृ मृत्युलाई शुन्य बनाउनका लागि नगरपालिकाले बिगत देखि नै सेवा दिइरहेको जानकारी दिए । नगर अस्पताल र अन्य अस्पताल सम्म पुग्नका लागि एम्बुलेन्सकाे व्यवस्था गरिएको उनले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top