झापा, २५ चैत
झापाको अर्जुनधारा ११ बुट्टावारीमा भएको आगलागीबाट ६० लाख बराबरको क्षति भएको छ ।
आज मध्यान्ह १२ बजे अर्जुनधारा ११ बुट्टाबारीमा रहेको नुर मोहमदको बिर्तामोड कपास प्रशोधन उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली ,चारआलीस्थित अरिदमन गणबाट नेपाली सेना टोली ,सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्पबाट खटिएको टोली, बिर्तामोड ,मेचीनगर ,भद्रपुर,दमक ,शिवसताक्षी र कमलको दमकल र स्थानीय मानिसहरुको सहयोगमा आगो दिउँसो २.२५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट सिरक गोदामको टिनको बेरा र छानो भएको घर,घरभित्र रहेको रुवा बनाउने मेसिन र रुवाहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो । उक्त गोदाम नुर मोहमदकी श्रीमती रौतहट घर भई बिर्तामोड वडा न.५ मा डेरा गरी बस्ने ५६ वर्षीया सलमा खातुनको नाममा रहेको थियो । उनीहरुले जग्गा भाडामा लिई बिर्तामोड कपास प्रशोधन उद्योग सञ्चालन गर्दै आइरहेका थिए ।
