कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन, कमलबाट शुभारम्भ

झापा, २५ पुस
कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिका बाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ।

ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ। कोशी प्रदेश सरकारले गाउँ गाउँसम्म विस्तार गर्ने जनाएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले सेवा उद्घाटन गर्दै तत्कालै महामारी फैलिँदा देखि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न यो प्रभावकारी हुने उनले बताए । यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको उनले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु ले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। त्यस्तै आज कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ। शिविरबाट स्थानीयले स्वास्थ्य सेवा लिएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top