नक्कली नोट प्रकरणः कोठाभाडा लिएर नक्कली नोटको छपाइ

झापा, २३ जेठ
नक्कली नोटसहित झापाको काँकरभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले थप अनुन्धानबाट फेला पारेको छ ।

गत जेठ १८ गते काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो । झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएको भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामत गरेको थियो ।

सो घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाई गरी चलन गरेको खुलेको छ । प्रहरी निरीक्षक राज कुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा तलासी गर्दा थप नक्कली नोटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँ सहित नोट छाप्ने गरेको मेसिन थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रंग लगायतका प्रमाणहरु बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।

१ थान प्रिन्टीङ मेसिन, ३ थान मोवाईल, १ थान कैची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top