सभामुख नै क्वारेन्टाइनमा !

सेयर गर्नुहोस्

धरान, साउन १६

परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी होम क्वारेन्टाइनमा बसेका छन् ।

चारदिन अघि ज्वरो आएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणगर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।

परिवारका सदस्यलाई ज्वरो आउने वितिक्कै सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थाल्नु भएको स्रोतले जनाएको छ । संक्रमित परिवारका सदस्यको ट्राभल हिस्ट्री देखिएको छैन ।

सभामुख भण्डारीसहित परिवारका बाँकी सदस्यहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको  सभामुख भण्डारीको सचिवालयले जनाएको छ ।