धरानमा परिक्षा दिने विद्यार्थीमा काेरोना

सेयर गर्नुहोस्

 धरान, साउन ५

परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ ।

प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए ।
भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोना परीक्षा गर्दा एक जनामा मात्र पोजेटिभ आएको हो । नेगेटिभ आएका हरुलाइ १ हप्ता क्वरेन्टाइनमा राखेर पुनः स्वाब परिक्षण गरिने उनले बताए । उनिहरु सबै अहिले होस्टेल क्वारेन्टाइन मा बसेका छन ।

प्रतिष्ठानकै केहीले भने भारतबाट आएका विद्यार्थीहरु कडाईका साथ क्वारेन्टाइनमा नबसेको र घुम्न, खाजा खान पनि बाहिर निस्कने गरेको बताएका छन् । होस्टल प्रशासनले उनीहरुलाई कडाई नगरेर जोखिम बढाएको उनीहरुको दाबी छ । यता होस्टल वार्डेन डा।लिम्बुले भने विद्यार्थीहरु कतै घुम्न ननिस्केको दाबी गरे ।