गौरादहमा केहिदिन अघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गौरादह नगरका आम जनसमुदायमा कोरोना संक्रमणको त्रास फैलिएको छ । नगरमा ५ जनामा कोरोना संक्रमण देखिए लगत्तै नगरपालिकामा भएको सर्बपक्षिय भेलाले संक्रमण देखिएका र थप संक्रमण हुन नदनि केही वार्डहरु शलि गरेको थियो । समुदायमा कोरोना संक्रमण देखिएपछी र कोरोना संक्रमितको उपचारका लागि गौरादह नगरपालिकाको योजनाका बिषयमा गौरादह नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराई सँग सहकर्मी मिलन अधिकारीले गरेको कुराकानी ।
गौरादहमा पाँच जनामा एकै दिन संक्रमण देखियो, त्यसमध्ये २ जना त समुदायमै देखियो, अब नगरपालिकाले नियन्त्रणका लागि के काम गर्दै छ ?
कोरोना संक्रमणको दर मुलुकमा लकडाउन खुकुलो भएसँगै बढेको हो । त्यसको असर हामी बस्ने नगरमा पनि देखिएको छ । एकै दिन ५ जनामा संक्रमण देखियो, त्यस मध्ये २ जना त समुदायमा बस्ने नै देखियो । अहिले सम्म क्वारेन्टाइन भित्रै संक्रमण देखिए पनि अब भने समुदायमा फैलिएको देखियो । अब बिशेष गरि सचेतना र स्वास्थ्य सम्बेदनशिलतालाई ख्याल गर्नुपर्ने देखिएको छ ।
गौरादहमा कोराना संक्रमण समुदाय स्तरसम्मै फैलिएको भनिएको छ, अब समुदायलाई सुरक्षित बनाउन के योजना छन त ?
हामीले गरेको कन्ट्याक ट्रेसिङका आधारमा अब आउने रिर्पोटले थप बताउने नै छ । अब यसलाई अहिलेनै यसै फैलिएको नफैलिएको भन्न सक्ने अबस्था छैन । किनभने अस्ति जुन ७ नम्वर वडामा २जनामा संक्रमण देखियो उहाहरु ईलामबाट गौरादह आउनु भएको थियो । उहाहरु राष्ट्र सेवक कर्मचारिहरु हुनुहुन्थ्यो , छुट्टिको समयमा परिवार भेट्न आफ्नो घर आउनुभएको थियो । उहाहरुलाई संक्रमण देखिएपछि हामिले हिजोमात्र उहाहरुको परिवार लगायत कन्ट्रयाकमा रहनुहुनेहरु १०० जनाको सेम्पल परिक्षण लागि पठाएका छौं । त्यस्तै गौरादह ५ मा पनि ३ जना देखिएको थियो तर उहाहरु क्वारेन्टिनमा बस्नुभएका कारण समुदाय संग प्रत्यक्ष घुलमिल हुनुभएको छैन । तरपनि बुधवार हामिले ५ नम्वर स्कुलचौन बजारका ब्याबसायि र गौरादहका विभिन्न क्वारेन्टिनमा बस्नुभएकाहरु गरेर १११ जनाको सेम्पल परिक्षणकालागी पठाएका छौं । अब यसको रिपोर्ट कस्तो आउँछ , त्यस अनुसार गौरादहमा समुदायमा के छ भनेर भन्न सकिन्छ ।
नगरमा संक्रमण बढदै गएको भन्नुहुन्छ , नगरको स्वास्थ्य संयोजकको नाताले यसलाई कमगर्ने वा संक्रमण फैलन नदिन के गर्दैहुनुहुन्छ ?
हो संक्रमण बढ्ने त निश्चित जस्तै नै देखिदैछ , किनभने देशैभर संक्रमित बढेका बढै छन् । त्यस्तै बिदेशबाट पनि उत्तिकै मान्छे आईरहेका छन । त्यसको असर निश्चयनै गौरादहमा पनि हुन्छ । तर हामी नगरमा सकेसम्म संक्रमण नफैलियोस भनेर दिनरात लागि रहेका छौं । नगरपालिकाले र नगर स्वास्थ्य साखाले नागरिकलाई कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन , भौतिक दुरि कायम गर्न र सेनिटाईजर वा साबुनपानिले हातधुनकालागी बारम्वार आग्रह गरिरहेका छौं । त्यसको अलावा बिना काम हिडडुल नगर्न र समुहमा नजान समेत भनेका छौं । साथै बिदेशबाट गौरादह आउनुहुनेहरुलाई नगरमा रहेका क्वारेन्टिनमा बसाएर कोरोनाको परिक्षण गरेर मात्र परिवार समक्ष पठाउने गरेका छौं । यसलाई हामी निरन्तरता दिईनै रहने छौं ।
संक्रमणको दर बढेको बढै छ, अब बिरामीको उपचारका लागि बेड पनि नपाउने अवस्था छ, स्थानीय सरकारको के तयारी छ ?
हो हामी हाम्रो नगरमा संक्रमण सुरुभए देखि संक्रमण नफैलियोस भन्नेमा केन्द्रित थियौं । अहिलेपनि छौं तर पछिल्लो समय जसरि संक्रमण बढेको छ हामी अझ यसमा गम्भीर भएर लागेका छौं । हामिले भर्खरै गौरादह ७ जुरोपानीमा कोहि संक्रमित भइ हालेमा समुदायबाट अलग गरेर राख्ने व्यवस्था मिलाएका छौं । त्यसलाई हामिले होल्डिङ्ग आईसोलेसन सेन्टर भनेका छौं । तत्काल यसमा २० जनालाई राख्न सकनिे छ । यसमा हामी कोरोना संक्रमण देखिएपनि लक्षण नदेखिएकाहरुलाई यहि राखेर उपचार गर्छाैं , यसमा म आफैंले बिरामिको उपचार गर्छु भनेको छु । तर लक्षण देखिएका र गम्भीर बिरामीलाई भने हामीले अस्पताल सम्म पुर्याउनै पर्ने हुन्छ । त्यसकोलागी एम्बुलेन्स समेत तयारी अवस्थामा राखेका छौं । अब गौरादहमा कोहि कोरोना संक्रमित भेटिईहालेमा आईसोलेसनमा बस्न नपाउने वा उपचार नपाउने सम्भावना हुदैन ।