चट्याङ सहित भारी बर्षाकाे सम्भावना

सेयर गर्नुहोस्

झापा, असाेज ९्
केही दिनदेखि लगातार परिरहेको वर्षा शुक्रबार पनि कायम रहने भएको छ ।

आज देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रबार प्रदेश १ र प्रदेश २ का केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै शुक्रबारराति देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज पनि बिहानदेखि नै देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।