सिंहदरबारका कर्मचारीकाे पीसीआर परीक्षण (फाेटाे फिचर)

स्वाब
सेयर गर्नुहोस्

काठमाडौं, साउन १४

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पिसिआर परीक्षण थालेको छ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय कर्मचारीहरुको पिसिआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सय जना कर्मचारीको नमुना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए।

काठमाडौं उपत्यकामा मंगलबारमात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा २३ जना प्रहरी रहेका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ। काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ।