सेयर गर्नुहोस्
झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले नेकपा एमालेकाे केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेकी छिन् । लामो समयदेखि पार्टीमा क्रियाशील उनी अखिल नेपाल महिला संघको प्रदेश १ संयाेजक समेत हुन् । प्रदेश १ काे एक मात्रै महिला स्थानीय तह प्रमुख रहेकी उनी २०३६ सालदेखि राजनीतिमा क्रियाशील छिन् ।