माङ्सेबुङ्ग । इलामको पचिमि गाउँपालिका माङ्सेबुङ्ग गाउँपालिका भित्रका बजारहरुका पसलहरुमा अनुगमन गरिएको छ । माङ्सेबुङ्ग गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रदिप साम्पाङ राईको नेतृत्वमा बजारहरुको अनुगमन गरिएको हो । नेपालीहरुको महान चाँड दशैँ, तिहार, छठ लगायतका चाडहरु नजिकिएसँगै बजारहरुमा अनुगमन शुरु गरिएको हो ।
अनुगमन टोलीले माङ्सेबुङ्ग २ को कविता चौक, गाउँपालिकाको प्रमुख प्रशासकिय भवन क्षेत्र, गजुरमुखि धाम बजार, नाङ्रुङ्ग बजार, दोभान बजार र देउराली बजारमा अनुगमन गरिएको थियो । अनुमगनका क्रममा बजार क्षेत्रका ४० बढी पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मिति नाघेका सामग्रीहरु अनुगमनस्थलमै नष्ठ गरिएको नेपाल पत्रकार महासघ इलामका सदस्य बालकृष्ण बस्नेतले बताए ।
अनुगमन टोलीले मिति नाघेका बिष्कुट, पेयपदार्थ, दैनिक उपभोग्य सामग्रीहरु नष्ठ गरिएको थियो । अनुगमका गरिएका ४० वटा पसहरुको मध्ये १५ वटा पसलहरु मात्रै वडा कार्यालयमा दर्ता भई कर कार्यालयबाट पान नम्बर लिइएको पाइएको थियो । वडा कार्यालयमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न र कर कार्यालयबाट एक हप्ता भित्रमा पाना नम्बर लिन निर्देशन दिइएको गाउँपालिकाको प्रशासकिय अधिकृत उपेन्द्र पौडेलले बताए । पसलहरुमा मूल्य सुचि राखेको नपाइएकाले अनिवार्य मुल्य सुचि राख्न आग्रह गरिएको र ७ दिनमा पुनः अनुगमन गर्ने निर्णय निर्णय भएको छ ।
अनुगमन टोलीमा इभाङ्ग प्रहरी चौकीका प्रमुख देवराज ढकाल, माङ्सेबुङ्ग गाउँपालिका इञ्जिनियर अर्जुन घिमिरे, लेखा साहायक राम दुलाल, नेपाल पत्रकार महासंघ इलामका सदस्य बालकृष्ण बस्नेत गाउँपालिका कर्मचारी योगेस भट्टराई सव इञ्जिनियर पुजन दाहाल, माधव अधिकारीको अनुगमन टोलीमा सहभागिता रहेको थियो ।
( स्राेतः लाेकल सन्देश डट कम )