झापाका ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा

सेयर गर्नुहोस्
  • 19
    Shares

दमक,२२ भदौ । झापाको शिवसताक्षी नगरपालिकाका प्रवक्ता समेत रहेका ७ का वडाअध्यक्ष नविन इजमसहित ७ जना जनप्रतिनिधिले नेकपा -एकीकृत समाजवादी रोजेका छन ।
नेकपा एमाले त्यागेर उनीहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । समय अझै बाकी रहेकाले यो सङ्ख्या बढन सक्ने एकीकृत समाजवादी निकट प्रेस संगठनका पत्रकार तीर्थ सिग्देलले बताए ।
समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्डनम्बर ७ का वडाअध्यक्ष नविन इजम,मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडानम्बर ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एकीकृत समाजवादीमा जनप्रतिनिधि निल बनाउन सबैतीरबाट सक्दो कोसिस गरेपनि त्यो भने सफल हुन नपाएको जानकारहरुको भनाई छ ।