कमलमा थप ९ जनामा काेराेना

सेयर गर्नुहोस्
  • 31
    Shares

झापाको कमल गाउपालिकामा समुदायमा कोराना फैलिएको छ । आज आएको रिपोर्ट अनुसार थप ९ जनामा कोरोना पोजेटिभ पुस्टि भएको हो ।

कमल गाउपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालका अनुसार एक स्वास्थ्यकर्मीमा देखिएको कोरोना पोजेटिभको आधारमा कन्ट्याक्ट् ट्रेसिङ गर्दा थप ९ जनामा पोजेटिभ आएको हो ।

सबै समुदायको रहेको पनि अर्यालले जनाउनु भयो । केर्खा बजार क्षेत्र भएकाले बढी जोखिम भएको पनि जनाइएको छ । शुक्रबार बिहान यहिका एक वृद्धको पनि कोरोनाले ज्यान गएको थियो ।