दमकमा थपिए १६ संक्रमित

सेयर गर्नुहोस्

झापा, भदौ १३:झापाको दमकमा थप १६ जनामा कोरोना भाईरसकाे संक्रमण देेेेेेेेखिएकाे छ । दमकका ७ महिला ९ पुरुषमा कोरोना पुष्टि भएको हो ।

दमकमा मात्रै कुल संक्रमितको संख्या ९७ पुगेको छ । यस्तै झापा गाउँपालिकामा १ महिला २ पुरुषमा कोरोना देखिएको छ ।

आज झापाका जम्मा १९ जनामा कोरोना देखिएको हो । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा समान १९जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।