वीपीमा एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

धरान, साउन २९
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएकी कोरोना संक्रमित एक वृद्ध महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धनुषाको ढल्केवर ७ की ८५ बर्षीय महिलाको मृत्यु भएको हो । योसँगै वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनी साउन २६ गते प्रतिष्ठान भर्ना भएको र बुधबार राती निधन भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार धनुषाको निजी हस्पिटलले निमोनिया भनेर रिफर गरेको थियो । मृतकलाई ज्वारो थियो भने श्वास फेर्न पनि गाह्रो थियो । ‘हिजो राती नै उहाँको निधन भएको हो, र आज बिहान शव व्यवस्थापन गर्न लगिसकेको छ,’प्रवक्ता डा. सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published.