गौरादह १ः नगेन्द्र भण्डारीको दोस्रो कार्यकालको एक वर्षमा के के भए ?

सेयर गर्नुहोस्

झापा, १३ जेठ
झापाको गौरादह वडा नम्बर १ समितिले निर्वाचित भएपछीको एक वर्षको प्रगति विवरण सार्वजानिक गरेको छ । आज सार्वजानिक सुनुवाइ तथा प्रगति विवरण कार्यक्रममा वडा अध्यक्ष नगेन्द्र भण्डारीले २०७९ जेठ १३ गतेदेखि अहिलेसम्म भएका कामका बिषयमा जानकारी गराएका थिए । दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित भण्डारीले पूर्वाधार विकास सँगसँगै सामाजिक विकास, आर्थिक विकासका क्षेत्रमा काम गरिएको जानकारी गराएका थिए । उनले आगामी बजेटमा वडाबासीको सुझाव समेत माग गरेका थिए ।
गौरादह १ मा २७ जना विद्यार्थीका लागि छात्रबृत्ति वितरण गरिएको उनले जानकारी दिए । यस्तै ५० प्रतिशत साझेदारीमा ६३ परिवारलाई खानेपानीको मिटर जडान गरिएको र ५० विपन्न परिवारको स्वास्थ्य बिमा गरिएको उल्लेख गरिएको छ ।