जिल्ला सहकारी संघको अध्यक्षमा दमकका कोइराला सर्वसम्मत

सेयर गर्नुहोस्

 झापा, २३ चैत
झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्वका लागि आज भएको उम्मेदवारी दर्तामा एक जनाले मात्र अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् ।

जिल्ला संघले उम्मेद्वारी दर्ताको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार दमकका प्रेम कुमार कोइराला अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा मेचीनगरका दुर्गा प्रसाद सापकोटा, कोषाध्यक्षमा बिर्तामोडका केशव बस्नेत, खुल्ला महिला सदस्यहरु, क्षेत्र नं. १, ३ र ४ लेखा समिति सदस्यहरु सर्वसम्मत भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार २५ गते अन्तिम नामावली प्रकाशन र मतदान २८ गते निर्धारण गरिएको छ ।

उम्मेदवारहरुको प्रारम्भिक विवरण