सेयर गर्नुहोस्
काठमाण्डौ, १९ चैत
चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा भाटभटेनी लुटपाटमा संलग्न १० सहित प्रदर्शनस्थललाई उत्तेजक बनाउने १८ जना पक्राउ परेका छन् ।
उनीहरुमध्ये ८ जनाका विरुद्ध राज्यविरुद्धको अपराधमा म्याद थप गरि अनुसन्धान भइरहेको छ भने अरुलाई आपराधिक उपद्रवमा म्याद थपिएको छ । दमकका ३ जना समेत पक्राउ परेका छन् । दमक ७ का भानुभक्त पौडेल, उमेश तामाङ र दानबहादुर न्यौपाने छन् । यस्तै कमल ३ का तारानाथ बोहोरा र झापाकै देवीप्रसाद संग्रौला राज्य बिरुद्धको अपराध कसुरमा पक्राउ परेका हुन् ।