कमल अस्पतालमा नसर्ने रोगको स्क्रिनिङ सम्पन्न

सेयर गर्नुहोस्

कमल, २५ फागुन
झापाको कमल स्थित कमल नगर अस्पतालमा नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न स्क्रनिङि कार्यक्रम सम्पन्न भएको छ।
मधुमेह, मुटु, उच्च रक्तचाप सहितका बिरामीहरुको चेकजाँच गरिएको हो । आज कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वास्थ्य जाँच गरेर स्क्रिनिङको उद्घाटन गरेकी थिइन् । यो अभियानले समुदायमा स्वास्थ्य सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उपाध्यक्ष तिवारीको भनाइ थियो ।
आज सम्पन्न कार्यक्रममा कुल ६४ जनाको स्क्रनिङि गरएिको थियाे। कार्यक्रम अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला रोग, तौल, उचाइ तथा अन्य नसर्ने रोगहरूको प्रारम्भकि परीक्षण तथा परामर्श अस्पतालका मेसु डा फुलक चन्द्रा लावतीले गरेका थिए । कमल २ का कार्यवाहक वडा अध्यक्ष भमि सिंह कार्की, कमल नगर अस्पताल संचालन तथा व्यवस्थापन समति सदस्य भुवन निधि, श्री महेन्द्र रत्न माध्यमकि विद्यालय व्यवस्थापन समति अध्यक्ष पवन चाम्लिङ स्वास्थ्य शाखा प्रमुख बिनु थापा, जनस्वास्थ्य निरिक्षक कुशल श्रेष्ठको उपस्थिति रहेको थियो ।
स्थानीय बासन्दिाहरूको उत्साहजनक सहभागतिा रहेको यस स्क्रनिङि कार्यक्रममा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आवश्यक स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए । साेही कार्यक्रम सँगै उपाध्यक्ष तिवारीले अस्पतालकाे निर्माणाधिन भवन र जेनेरेटर राख्ने स्थलकाे समेत अवलाेकन गरेकी थिइन् ।