एमाले मोरङ अध्यक्षमा राई निर्वाचित

सेयर गर्नुहोस्

मोरङ, २३ फागुन
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याउदा उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरे ।

उपाध्यक्षमा सागर थापा ४२२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३९१ मत ल्याए । लिम्वु निवर्तमान उपाध्यक्ष थिइन् । सचिवमा सोमराज थापा ४६२ मत सहित निर्वाचित हुदा उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याए । सोमराज थापा निवर्तमान उपसचिव र रविन थापा निवर्तमान सचिव थिए ।
उपसचिवमा सन्तोष बान्तवा राई र उषा झा निर्वाचित भएका छन् । बान्तवताले ४९० मत ल्याए भने झाले ४१८ मत ल्याइन् । उनीहरु निकटतम प्रतिद्धन्द्धी इर्जालाल राजवंशीले ३११ मत ल्याए । भने शिल्पा निराला कार्कीले ४०५ मत पाइन। झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन् ।
१६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए । फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।