झापा, २२ फागुन
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा काङग्रेस र एमाले विच साझा उम्मेद्वारी दिने सहमति भएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको छ । दुई दलीय राजनीतिक संयन्त्रको आज विहान बसेको वैठकमा नेपाली कांग्रेस पार्टीको भातृ संघ नेपाल विद्यार्थी संघलाई सभापतिसहित ४ सदस्य र नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापतिसहित ५ सदस्य पदमा साझा उम्मेदवारी दिनेमा सहमति भएको हो । नेपाली कांग्रेस पार्टी गौरीगंजका सभापति अघनु प्रसाद राजवंशीका अनुसार नेपाल विद्यार्थी संघलाई सभापति, सहसचिव , र दुई सदस्य तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनलाई उपसभापति , सचिव , कोषाध्यक्ष र दुई सदस्य पदमा साझा उम्मेदवारी दिने निर्णय भएको छ । गौरीगंज बहुमुखी क्याम्पसको ९ सदस्यीय स्ववियु पदाधिकारीका लागि हुने निर्वाचनमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र राप्रपाको रष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई सहमतिका लागि खुल्ला राखिएको जनाइएको छ । करिब २ सय जना विद्यार्थी अध्ययनरत रहेको गौरीगंज वहुमुखि क्याम्पसमा यस अघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट इस्तप खान स्ववियु सभापतिमा जितेका थिए ।
स्ववियू निर्वाचनका लागि गौरीगंज गाउँपालिका वार्ड नं। ३ मा रहेको गौरीगंज बहुमुखी क्याम्पसमा चार वटा संगठनले दर्ता गराएका छन् ।
सेयर गर्नुहोस्
२२ फाल्गुन २०८१, बिहीबार १७:०९