कमलमा छाडा पशु थुन्न कान्जी हाउस

सेयर गर्नुहोस्

झापा, १५ माघ
झापाको कमल गाउँपालिका ३ सानो केर्खाबासीले छाडा पशुलाई नियन्त्रणमा लिनका लागी कान्जी हाउस निर्माण गरेका छन् ।
दिनहुँजसो छाडा पशुका कारण बालीमा क्षति पुगेको भनेर उनीहरुले कान्जी हाउस निर्माण गरेका हुन् । कमल ३ वडा कार्यालय र प्रहरीको रोहबारमा पशु थुन्ने ठाउँ बनाएका हुन् । नजिकै रहेको रतुवा माई वृक्षारोपण आयोजनामा पशु छाडिने र त्यसले नजिकैको बालिमा समेत नोक्सानी गर्ने गरेको स्थानीयहरुले बताए । कान्जी हाउस व्यवस्थापन समितिले पशु छाडा छोडिएमा ल्याएर थुन्ने छ ।
समितिका अध्यक्ष सागर चापागाइँले छाडा पशु छाड्ने पशु धनीले बालिको क्षतिपूर्ति र प्रति दिन पाँच सय रुपैयाँ दण्ड तिनुपर्ने बताए । उनका अनुसार यदी पशुलाई एक रात राखिएमा थप एक हजार जरिवाना, पटकपटकमा परे एक हजार रुपैयाँ जरिवाना तोकिएको छ । कुनै पशु धनी ३५ दिन सम्म लिन नआएमा वडा कार्यालयको रोहबरमा लिलामी गरिने समितिका अध्यक्षले चापागाईँले बताए ।
सानो केर्खा क्षेत्रमा इलामको चुलाचुली, शिवसताक्षी र कमलका पशुले दैनिक बालिमा क्षति पुर्याउने गरेको छ । समितिका सचिव सुमन गिरीका अनुसार आजित भएर केन्जी हाउसै निर्माण गर्नुपर्ने बताए । छाडा चाैपायका कारण सडकमा दुर्घटना समेत हुने गरेकाे छ ।