सिम्रिक सहकारीद्वारा विद्यार्थीलाई झोला वितरण

सेयर गर्नुहोस्

झापा, ११ पुस
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा कमल ७ को अरनिको आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ । विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा शैक्षिक सहयोग गर्दै आएको बताए । कमल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष पृथ्वीपति राईले विद्यार्थीको अध्ययनमा सहयोग सामाग्रीले मद्दत पुर्याउने विश्वास ब्यक्त गरे । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद काफ्लेले सहयोगी संस्था प्रति कृतज्ञता ज्ञापन गरेका थिए । संस्थाका अध्यक्ष भट्टराई, सञ्चालक सदस्य नविन योगी, कार्यकारी प्रमुख कमल बस्नेतले विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए । संस्थाले यस अघि पनि बिभिन्न क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको थियो ।
झापाको बिर्तामोड मुख्य कार्यालय रहेको सिम्रिकले झापा, मोरङ, इलाम र पाँचथरमा बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।