शैक्षिक सहयोग गर्दै सानो प्रयास, दमक ३ मा स्वीटर वितरण

सेयर गर्नुहोस्

दमक, ८ पुस
झापाको दमकमा क्रियाशिल युवाहरुको संस्था सानो प्रयास युवा समाजले आज दमक ३ को जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले हरेक महिना गर्ने सामाजिक कार्य मध्ये यस महिना दमक ३ मा सो कार्यक्रम राखेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सदस्य दिपक कार्कीले विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष नविन बरालले संस्थाले गर्ने सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
२०७७ सालमा स्थापित यो संस्ताले अघिल्लो वर्ष फागुनमा दमक २ को सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो । यस्तै दमक ४ को कृष्ण माध्यामिक विद्यालयमा कपी, किताब वितरण गरेको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए । उनका अनुसार दमक ९ को विपन्न बस्तीमा झुल र शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । शिवसताक्षीको पाथिभरा आधारभूत विद्यालयमा ८ सय थान शैक्षिक सामाग्री वितरण गरिएको र दमक ४ को जनचेतना आधारभूत विद्यालयमा समेत स्वीटर वितरण गरिसकिएको अध्यक्ष खतिवडाले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष फागुन यता विपन्न विद्यार्थी र समुदायका लागि ४ लाख बढीको शैक्षिक सामाग्री वितरण गरिसकिएको छ । संस्थाले हरेक महिना विद्यालय र समुदायका लागि शैक्षिक जागरण बढाउने उद्देश्यले काम गरिआएको हो ।