दमक, २३ मंसिर
प्रधानमन्त्री केपी शर्मा ओलीले दमक व्यापारिक कम्प्लेक्स (भ्यु टावर)को उद्घाटन गरेका छन् । दमक नगरपालिका ३ मा निर्माण सम्पन्न भएको कम्प्लेक्स आजदेखि सर्वसाधरणका लागि खुल्ला भएको हो ।
एक सय मिटर अग्लो यो कम्प्लेक्समा १८ तल्ला छन । त्यस माथि मेटलको सरचना बनाइएको छ । एक अर्ब ५६ करोड १४ लाख ३९हजार १ सय ६४ रुपैयाँको लागतमा यो भवन निर्माण भएको हो । भवन निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए ।
सरकारले विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ । त्यस अन्तर्गत दमकको व्यापारिक कम्प्लेक्स सञ्चालन हुने छ । ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा यो टावरको शिलान्यास गरेका थिए ।
सेयर गर्नुहोस्
२३ मंसिर २०८१, आईतवार १६:२९