दमक भ्यु टावरको उद्घाटन हुने

सेयर गर्नुहोस्

दमक, १३ मंसिर
झापाको दमक बिजने कम्प्लेक्स (भ्यु टावर) उद्घाटन हुने भएको छ । सरकारले टावर सँगै अन्य भवनहरुको सञ्चालन कार्यविधि ल्याएसँगै अब भ्यु टावर सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दमक ३ मा निर्माण भएको एक सय मिटर अग्लो टावरको उद्घाटन गर्दैछन् । मंसिर २३ गते टावर उद्घाटन हुने भएको हो । एक अर्ब ४५ करोड रुपैयाँको लागतमा १८ तलाको भ्यु टावर यस अघि नै निर्माण सम्पन्न भइसकेको थियो । तर सञ्चालनको अन्यौलताका कारणले अहिले सम्म उद्घाटन हुन सकेको थिएन् ।
टावरमा २८ मिटर अग्लो फलामको टावर बनाइएको छ । उच्च आधुनिक प्रविधिबाट टावर निर्माण गरिएको दाबी निर्माण पक्षको छ । पूर्व पश्चिम राजमार्गको दमक कृष्णमन्दिर चौकबाट करिब ३ किलोमिटरको दुरीमा भ्यु टावर पुग्न सकिन्छ ।